काठमाडौं, १६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
आजको खेलका लागि पोखराले ५ खेलाडीमा परिवर्तन गरेको छ। जिमी नीशम, म्याट टेलर, सुमित वर्मा, अभिषेक तिवारी र दिनेश खरेल बाहिरिँदा, जेसन रोय, धनन्जय लक्षण, ऋषि धवन, आकाश चन्द र सन्दीप केसी टिममा आएका छन्।
त्यस्तै, कर्णालीले पनि ३ खेलाडीमा परिवर्तन गरेको छ। विलियम बोसिस्टो, युवराज खत्री र दीपक डुम्रे बाहिरिँदा, जयकिशन कोल्सावाला, युनिशविक्रमसिंह ठकुरी र दीपेन्द्र रावत टोलीमा आएका छन्।
हालसम्म कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल खेल्दा दुवैले एक–एक खेलमा मात्र विजय प्राप्त गरेका छन्।





