काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेट गरेकी छिन्।
मंगलबार दिउँसो प्रधानमन्त्री कार्की कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेको बताइएको छ। श्रेष्ठका बुवा तथा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंसिर १६ गते ९५ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
प्रधानमन्त्री कार्की शोक व्यक्त गर्न पुगेको र सो अवसरमा दुबैबीच केहीबेर सामान्य राजनीतिक कुराकानी समेत भएको स्रोतले जनाएको छ।





