काठमाडौं , २३ मंसिर  । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरूद्ध जुनसुकै हदसम्मको कडा कदम चाल्न सरकार पछि हट्ने छैन भनी स्पष्ट पारेकी छन्। २२औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी दिवसको अवसरमा उनले यो सरकार केवल चुनावी नभई सुशासन र जेनजी आन्दोलनको मागअनुसार बनेको सरकार भएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “सरकार नियमित कार्यसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको छ। आशातीत उपलब्धि हासिल गर्न समय लाग्न सक्छ, तर भ्रष्टाचारविरूद्ध जुनसुकै कदम चाल्न सरकार पछि हट्ने छैन। यसको लागि राज्यका स्थापित संयन्त्रहरू क्रियाशील भइसकेका छन्।”

साथै उनले भनिन् कि भ्रष्टाचारविरूद्ध चालिएका कदमबाट कतिपय तत्त्वहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्की दिए पनि सरकार र सम्बद्ध निकाय डराउँदैनन्।

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि निर्धक्क भएर आफ्नो व्यावसायिक स्वतन्त्रता प्रयोग गर्न र भ्रष्टाचारविरूद्ध लाग्न आग्रह गरेकी छन्।

 

उनको भनाइ अनुसार, भ्रष्टाचारमुक्त र पारदर्शी शासनको निर्माणको लागि सरकारले सबै संवैधानिक र कानुनी उपायहरू प्रभावकारी रूपमा प्रयोग गर्दै अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !