जनकपुरधाम, २६ मंसिर । मधेश प्रदेश सत्ता गठबन्धनले भागबण्डाको टुङ्गो विश्वासको मत पछि मात्रै लगाउने भएको छ।

मधेश भवन स्थित अर्थमन्त्रीको निवासमा सम्पन्न बैठकले विश्वासको मत पछि मात्रै भागवण्डाको टुङ्गो लगाउने निर्णय गरेको वैठकमा सहभागि एक नेताले बताएका छन ।

बैठकबाट मन्त्रालयहरुको भागवण्डा टुङ्गिने अपेक्षा गरिएको थियो । तर अव विश्वासको मतपछि मात्र त्यस विषयमा प्रवेश गर्ने सहमतीमा नेताहरु पुगेका छन । केही नेताहरुले भने विश्वासको मत अगावै पावर सेयरिङ्ग हुनु पर्ने चर्चा समेत गरेका थिए ।

पटक पटक सारिदै आएको विश्वासको मत कहिले लिने भन्ने विषयमा आज पनी निर्णय हुन सकेको छैन । नेकपा एमाले महाधिवशेन भोली बाट शुरु हुने भएको महाधिवेशन सकिएपछि एमालेको सहमतिमै मिति निर्धारण गर्नु उपयुक्त हुने भएकोले मितिबारे निर्णय नगरिएको जनता समाजवादी पार्टी नेपालका सचेतक राम अशिष यादवले जनाएका छन ।

 

अबको तीन चार दिन मुख्यमन्त्रीले दलहरु संग छुट्टाछुट्टै छलफल गर्ने अवसरमा समेत प्राप्त गरेका छन । मुख्यमन्त्रीलाई सहज बनाउन हामीले विश्वासको मत पछि मात्र मन्त्रालय बारे निर्णय गर्न सहमति भएका छौ । सचेतक यादवले भने , ‘प्रमुख मन्त्रालयमा सबै दलको दावी हुनु स्वभाविक हो । तर मन्त्रालयको भागवण्डा दलिय हैसियत अनुसार नै हुन्छ ।’

जसपा नेपालले पाउने भनेको सभामुख र भौतिक पूर्वाधार मन्त्रालयमा अन्य दलहरुले समेत दावी गर्न थालेपछि भागवण्डा टुङ्गो लगाउन मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई सकस पर्न थालेको छ ।

बैठकमा मुख्यमन्त्री एवं काँग्रेस संसदीय दलका नेता यादव सहित जसपा नेपालका सचेतक रामअशिष यादव, जनमत पार्टी संसदीय दलका नेता एवं अर्थमन्त्री महेश यादव, नेकपा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह, लोसपा संसदीय दलका नेता जयनुल राइन, नेकपा एसका नेता गोविन्द न्यौपानेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !