काठमाडौं, १८ पुष । नेपाली कांग्रेसको आज सम्पन्न केन्द्रिय कार्यसम्पादन समितिको बैठकले बैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

समितिको बहुमतले बैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने पुस २८ मै विशेष महाविधेशन गर्ने अडान लिएका छन ।
बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै महामन्त्री गगन थापाले बैठकको बहुमतले गरेको निर्णय मान्नु पर्ने बाध्यता रहेको जस्तै विधानको धारा १७ को २ले ४० प्रतिशत केन्द्रिय सदस्यले विशेष महाविधेशनको माग गरेमा ३ महिना भित्र विशेष महाधिवशेन गर्नु पर्ने बाध्यात्मक स्थित रहेको बताए ।

उनले भने, ‘अझै केही विग्रिएको छैन, २÷३ दिन समय छ , पुनः केन्द्रिय समितिको बैठक बसेर पुस २८ मै विशेष महाधिवशेन गर्ने निर्णय हुन्छ भने आशावादी छौ । कांग्रेसको लागि त्यही राम्रो हुन्छ । नभएपनि केन्द्रिय कार्यालयले विशेष महाधिवेशनको निर्णय गर्छ, पुस २८ मा विशेष महाविधेशन हुन्छ । नेता कार्यकर्ताहरु संग त्यही भेट हुन्छ । ’

महामन्त्रीद्वयले २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिदै आएको छ । उनीहरुले विशेष महाधिवेशन गर्नको लागि हल समेत बुक गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !