सर्लाही  २० पुष । नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
‎यादवलाई जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
‎बिनोद यादव यसअघि किसान महासंघका केन्द्रीय महासचिव समेत रहिसकेका अनुभवी नेता हुन्। पार्टी प्रवेशपछि बोल्दै यादवले नेकपा एमालेले मधेश विरोधी गतिविधि गर्दै आएको आरोप लगाउँदै मधेशको हकहित र अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमा पुनः आफू आबद्ध भएको बताए।
‎जसपा नेपालले यादवको प्रवेशले पार्टीको संगठन सुदृढ हुनुका साथै किसान र मधेशी मुद्दामा पार्टी थप बलियो हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !