काठमाडौं, २३ पुष । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ। पार्टीले सातै प्रदेशबाट उम्मेदवार चयन गर्दै प्रदेश सन्तुलन, महिला र अल्पसंख्यक प्रतिनिधित्वलाई प्राथमिकता दिएको छ।

सूची अनुसार, कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य) , मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित), रन्जित कर्ण (अपांगता÷अल्पसंख्यक)
, बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता), चन्द्रबहादुर केसी र कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) , सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) चयन भएका छन । एक शीर्ष नेताका अनुसार, उम्मेदवार चयनमा पार्टीको प्रदेशीय सन्तुलन, लिङ्ग समानता र सामाजिक प्रतिनिधित्वलाई ध्यानमा राखिएको हो।

 

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ। आज नै उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !