जनकपुरधाम २५ पुष । २०८२ साल असोजमा परेको भीषण वर्षाका कारण जलेश्वर नगरपालिका–३ खैरामा ढुवान प्रभावित दलित तथा सिमान्तकृत बस्तीलाई लक्षित गरी सञ्चालन गरिएको स्नेह केन्द्रमार्फत राहत सामग्री वितरण गरिएको छ।

ओरेकको आयोजनामा जलेश्वर नगरपालिकाको सहकार्यमा सञ्चालन भएको स्नेह केन्द्रबाट सेवा लिएका गर्भवती, सुत्केरी तथा वृद्ध महिलाहरूलाई ओरेकको समन्वयमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा ५७ जनालाई विन्टर किट र डिग्निटी किट वितरण गरिएको हो।

विपद् प्रभावित महिलाहरूको स्वास्थ्य, सुरक्षा र मर्यादालाई ध्यानमा राखी राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले प्रभावित समुदायलाई राहत मिल्नुका साथै महिला तथा बालिकाको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !