जनकपुरधाम २ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरी जिल्ला क्षेत्र नं. ४ को क्षेत्रीय समितिको आयोजनामा आज एक भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, पार्टीका वरिष्ठ नेता माननीय शरद सिंह भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ता तथा श्रम, यातायात तथा रोजगार मन्त्री माननीय मनिष कुमार सुमन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
“अबकी बार, जसपा सरकार” भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले मधेसको अधिकार, पहिचान र समावेशी विकासका लागि जसपा नेपाल निर्णायक शक्ति बन्ने दाबी गर्नुभयो। उहाँले आगामी निर्वाचनमा जसपालाई विजयी गराउन सबैलाई एकजुट हुन आग्रह गर्नुभयो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !