काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेको छ।
अनेरास्ववियुले ओलीको तत्काल रिहाइको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।
आज बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। सोही घटनाको विरोधस्वरूप पार्टीको निर्देशन अनुसार विद्यार्थी संगठन सडकमा उत्रिएको हो।
एमालेले उक्त पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशभर सशक्त आन्दोलन गर्ने निर्णय गरिसकेको छ।





