उदयपुर, ६ असार । उदयपुरको उदयपुरगढी गाउँपालिका–०७ जोगीटोलमा स्कूल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

शनिबार बिहान महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा. २ ख ६४३८ नम्बरको गौशाला नगरपालिका–२ स्थित दीप एजुकेशन बोर्डिङ स्कूलको स्टाफ बोकेको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी बर्दिबास नगरपालिकाका ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ५ जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको छ ।

गम्भीर घाइते रसिलाकुमारी चौधरी र सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ। बस करिब १२ मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !