धनुषा, १५ असार । आज २३औँ राष्ट्रिय धान दिवस । नेपालमा प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाइन्छ । यस वर्ष ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशभर धान दिवस मनाइएको हो।

धनुषाका विभिन्न स्थानमा पनि किसान तथा कृषि अभियन्ताहरूले धान रोपाइँ गरी धान दिवस मनाएका छन् । साथै, जिल्लाका विभिन्न विद्यालयहरूले रोपाइँ कार्यक्रम आयोजना गरी आफ्ना विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापअन्तर्गत धान रोपाइँमा सहभागी गराएका छन् ।

यसै क्रममा धनुषाको देउरीमा पनि शिक्षिका चन्द्रकलाकुमारी ठाकुरको अगुवाइमा धान रोपाइँ कार्यक्रम गरिएको छ । यो कार्यक्रममा स्थानीय विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

मावि परवाहा देउरीकी शिक्षिकासमेत रहेकी ठाकुरले लामो समयदेखि विपन्न तथा असहाय बालबालिकालाई अतिरिक्त ट्युशनमार्फत् निःशुल्क शिक्षासमेत प्रदान गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !