सिरहा, १४ साउन । सुनसरीबाट चर्किएको दुई समुदायबीचको तनाव अन्य ठाउँमा पनि फैलिएको छ ।

यसैक्रममा सिरहाको गोलबजारमा पनि एक जनाको मृत्यु भएको छ । बिहीबार सुनसरी घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा गोलबजारमा गोली लागी २० वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

तनावको स्थिति बढ्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार गोलबजार क्षेत्रमा सेना परिचालन गरिएको छ । मृत्यु हुने यादव ‌औरही गाउँपालिका–२ तुलसीपुरकाका स्थायी बासिन्दा  हुन् । घटनामा अर्का एक जना घाइते भएका छन् । धनुषाको धारापानीका १९ वर्षीय सुभाष ठाकुरलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

सुभाषलाई गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रिफर गरिएको छ । उनको अवस्था पनि गम्भीर छ ।

उनीहरूमाथि कसले चलाएको गोली लाग्यो भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी  पालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !