नुवाकोट, ११ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन बिहीबार नुवाकोटको विदुर  आइपुगेका छन् ।

प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर आएका हुन् । प्रधानमन्त्री शाहलाई विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितले क्षतिबारे ‘ब्रिफिङ’ गरेका छन् ।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल छन् । उनीहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !