
जनकपुरधाम, १० माघ । मधेस प्रदेशमा पर्यटन प्रवर्द्धनका नाममा यतिबेला मन्दिर, मस्जिद, गुम्बा मर्मत गर्न भन्दै ठुलो रकम खर्च भइरहेको छ । प्रदेश सरकारले चार वटा पर्यटन विकास कार्यालय स्थापना गरेको छ, जुन कार्यालयले दुई–दुई जिल्ला हेर्ने जिम्मेवारी पाएका छन् । ती कार्यालयमार्फत प्रदेश सरकारले टुक्रे योजना कार्यान्वयन गरिरहेको छ । मधेस प्रदेशमा पर्यटनको सम्भावना कति छ, पर्यटक भित्र्याउन कस्ता योजना बनाइएको छ भन्ने विषयमा केन्द्रित रहेर अली असगर देवानले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, मुख्यमन्त्री सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश:
मधेसमा पर्यटनको सम्भावना कस्तो छ ? पर्यटक भित्र्याउन प्रदेश सरकारले के–के गरिरहेको छ ?
सर्वप्रथम त हामीले एउटा सर्किटको कुरा गरेका छौँ । दुई जिल्लामा एउटा सर्किटको कल्पना गरेका छौँ । यसले ती जिल्लामा भएका पर्यटकीय गन्तव्य पत्ता लगाउने काम गर्छ । त्यसको पहिचान गरेर अद्यावधिक गर्ने काम, पोर्टल बनाउने कामको खाका बनाइएको छ ।
मधेसमा पर्यटनको सम्भावना कस्तो छ ? पर्यटक भित्र्याउन प्रदेश सरकारले के–के गरिरहेको छ ?
सर्वप्रथम त हामीले एउटा सर्किटको कुरा गरेका छौँ । दुई जिल्लामा एउटा सर्किटको कल्पना गरेका छौँ । यसले ती जिल्लामा भएका पर्यटकीय गन्तव्य पत्ता लगाउने काम गर्छ । त्यसको पहिचान गरेर अद्यावधिक गर्ने काम, पोर्टल बनाउने कामको खाका बनाइएको छ । यो पोर्टलमा हामीले भएका पर्यटकीय गन्तव्यहरूको फोटो, भिडियोसहितका सामग्री राख्नेछौँ । जसकारण संसारको जुनसुकै ठाउँबाट मधेस प्रदेशमा घुम्न आउन मान्छेले यहाँको गन्तव्यबारे जानकारी पाउँछन् । अहिले यही कल्पनाका साथ प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा काम गरिरहेको छ ।