काठमाडौँ, ११ भाद्र । नारायणी नदीमा बाढीले बगाएर ल्याएको शवबाट गहना लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले  उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो । ​प्रहरीले भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा नवलपरासी विनय त्रिवेणी नगरपालिका वडा नम्बर १ घर भई हाल भरतपुर लीला चोक मामाघर बसोबास गर्ने २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका वडा नम्बर ५ घर भइ हाल भरतपुर महानगरपालिका पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने वर्षीय ३८ उमेश चौधरी रहेका छन् ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो । सोही बाढीमा परी बगेर आएको एउटा शव चितवनस्थित नारायणी नदी किनारमा अड्किएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !