
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट २०८१ साल माघ २५ गते विधिवत् रुपमा घरेलु तथा साना उद्योग कार्यालय धनुषामा दर्ता भई सामाजिक समस्या, विकृति र विसङ्गतिविरुद्ध ‘खबर जसले सत्य बोल्छ !’ श्लोगनमार्फत् जनतामाफ ‘अंश खबर (anshkhabar.com)’ अनलाइन पोर्टल प्रस्तुत भएको छ । यस पोर्टलले आमनागरिकको दिनचर्या, जीवनयापन, शिक्षा, स्वास्थ्य, रोजगार, व्यापार–व्यवसाय, विकृतिमूलक गतिविधि लगायत संस्थागत विकृति, समस्या, जटिलता, अपराध, अनुुुसन्धान, भ्रस्टाचार लागयतको अन्त्य तथा विभिन्न लेख, आलेख, रचना, व्याख्या, विश्लेषण, संवाद, उत्प्रेरणा लगायतको विषयवस्तुमा निरन्तर कलम चलाउने र निरन्तररुपमा आवाजविहीनको आवाज बनिरहने प्रतिबद्धता व्यक्त गर्दै सबै नागरिकलाई सहजरुपमा सही सुचना प्रदान गर्ने उद्देश्यका साथ यस अनलाइन पोर्टलको उदय भएको जानकारी गराउँदै सहयोग गरिदिनु हुन सबैमा आग्रह गर्दछु । तपाईंहरुसँग भएको सुचना र समाचार तथा सल्लाह र सहयोगका लागि हार्दिक अपील गर्दछु । इमेलः [email protected]
आग्रहकर्ता
शैलेन्द्र कुमार यादव
सञ्चालक/अध्यक्ष