
जनकपुरधाम १० फागुन । तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरको राजस्व सङ्कलन शतप्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको माघ महिनामा मात्र १२२ प्रतिशत राजस्व संकलन भएको हो ।
गत माघ महिनामा ३० करोड ९६ लाख २१ हजार राजश्व संकलन लक्ष्य राखेकोमा ३७ करोड ७४ लाख ५८ हजार राजश्व उठेको कार्यालय प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जान कारी दिए । यो लक्ष्यभन्दा २२ प्रतिशत बढी हो ।आर्थिक वर्ष २०७८।०७९ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म चालु आर्थिक वर्षको लक्ष्य अनुसार राजश्व उठेको थिएन ।कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको ८६ प्रतिशत मत्र राजश्व उठेको थियो । त्यस अघिल्लो आ.व. २०७८/०७९ मा लक्ष्यको ९४ प्रतिशत, उठेको थियो भने आ.व.२०७९/०८० मा ९३ प्रतिशत उठेको थियो ।सेवा प्रवाहमा व्यापक सुधार, सरकारी कार्यालय, अर्धसरकारी कार्यालयहरू र विभिन्न संस्थाहरूको टिडिएस रकम समयमा दाखिला गर्न सञ्चार, समन्वय र ताकेता गर्दा लक्ष्य अनुसार राजश्व उठेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।उनका अनुसार आर्थिक ऐन २०८१ ले प्रदान गरेको छुट सुविधाहरूको व्यापक रूपमा प्रचारप्रसार र धनुषा जिल्लाभरिको १७ वटै पालिकाहरूमा ननफाइलर करदाताहरूको सूचना टाँस गरिएको थियो ।यस्तै बल्क एसएमएस, टेलिफोन र पत्राचार समेत गरिएको, सूचनामा आधारित बजार अनुगमन र अन्तःशुल्क प्रतिष्ठानहरूको नियमित निरीक्षण गरिएको, बक्यौता र बेरुजुलाई प्राथमिकतामा राखी कार्य गरिएको साथै सेक्टर छुट्याएर वस्तुगत व्यवसायीहरूलाई कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।