जनकपुरधाम, १५ फागुन । नेपाल – नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमामा देखि हेल्पडेस्क सञ्चालन गरिएको छ । हेल्प डेस्क नेपाल तर्फ पर्ने ११ बासामा संचालन गर्ने क्लोथ बैंकको कार्यालय सचिव कृष्ण कुमार साहले बताउनुभयो ।

बिहीबार कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झाको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम,उद्योग बाणिज्य संघ धनुषाको अध्यक्ष सुरेन्द्र भंडारी, प्राध्यापक डा सुशील यादव, इन्द्रेश झा बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुरको विशेष उपस्थिति रहेको थियो । सिअहेब दिलीप मिश्र सहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झाले मिथिला मध्यमा परिक्रमाको उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पार्नु भएको थियो ।

संस्थाद्वारा प्रत्येक बर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग, पानी, गुमसुदाहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराउँदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ संस्थाको प्रबक्ता संचारकर्मी प्रमोद कुमार साहले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !