सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो । यद्यपि अमेरिकी टोली भने त्यहीँ बसेको थियो।त्यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेश मन्त्री मार्को रुबियो र माइक वाल्ट्जसँग छलफल गरेका थिए।छलफलका क्रममा ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसपछि उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीकोमा आफैं गएर अब उनी फर्कने बेला भइसकेको सन्देश दिन आदेश दिएका थिए ।उनीहरूसँग जेलेन्स्कीले विवाद मिलाउन सकिने र फेरि संवाद गर्न चाहेको बताए पनि उनले त्यस्तो अवसर पाएनन् ।त्यसपछि दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !