जनकपुरधाम, २० फागुन । मैथिली कला तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाममा आजदेखि ललितकला प्रदर्शनी सुरु गरिएको छ ।

यो प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त पहलमा सुरु गरिएको छ। प्रदर्शनी फागुन २४ गतेसम्म सञ्चालन हुने मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिए ।

मैथिली विकास कोषको सभा हलमा आज आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले उद्घाटन गरेपछि प्रदर्शनी सुरु गरिएको थियो । यो प्रदर्शनीले मैथिली चित्रकला, मूर्तिकला र आधुनिक ललितकला क्षेत्रमा नयाँ सम्भावनाहरू खोजनका साथै नयाँ पुस्तालाई कला क्षेत्रमा आकर्षित गर्नका लागि विशेष पहल गरेको छ ।

मैथिली विकास कोषका अध्यक्ष चौधरीका अनुसार, ‘यो प्रदर्शनीले परम्परागत मिथिला चित्रकलालाई आधुनिक शैलीसँग मिलाएर कला क्षेत्रमा नवीन सम्भावनाहरूको खोजी गर्ने प्रयास गर्दैछ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको अनुसार प्रदर्शनीले स्थानीय कलाकारहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । यसका साथै प्रदर्शनीमा सहभागी कलाकारहरूको उत्कृष्ट कृतिहरूलाई भविष्यमा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा समावेश गर्ने योजना पनि रहेको छ ।

प्रदर्शनीको आयोजना नेपाल टुरिज्म बोर्डको सहकार्यमा गरिएको हो । यसले जनकपुरधामलाई कलात्मक र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजनाको हिस्सा रहेको जनाएको छ । मिथिला संस्कृतिप्रति बढ्दो आकर्षणका कारण यस प्रदर्शनीले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ ।प्रदर्शनीले जनकपुरधामलाई एक प्रमुख सांस्कृतिक र कला केन्द्रका रूपमा प्रस्तुत गर्दै मिथिला क्षेत्रको समृद्ध इतिहास र कला सम्पदालाई संसारभर पुर्याउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !