जनकपुरधाम, २८ फागुन ।

जनकपुरधाममा आज एकजना युवाको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुल्चोक स्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धन्ुषाले जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको र अनुसन्धान भै रहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिएका छन ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !