जनकपुरधाम २८ फागुन । महोत्तरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि ठूलो स्वरमा डीजे, माइक तथा अन्य ध्वनि उत्पन्न गर्ने साधनहरू संचालन नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार विवाह, व्रतबन्ध, धार्मिक तथा अन्य समारोहहरूमा अत्यधिक ध्वनि प्रदूषण हुन थालेपछि सर्वसाधारणको स्वास्थ्य र जनजीवनमा नकारात्मक असर पर्ने भएकाले यस्तो निर्णय गरिएको हो । विशेषगरी, राति १० बजेपछि डीजे, माइक तथा अन्य साधनहरूबाट ठूलो आवाजमा गीत बजाउनु तथा ध्वनि प्रदूषण गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।

साथै, दिनभरका कुनै पनि समयमा अत्यधिक ठूलो आवाजमा बजाइने डीजे तथा अन्य ध्वनि प्रदूषणयुक्त साधनहरूको दुरुपयोग नगर्न अनुरोध गरिएको छ। यदि कसैले उल्लंघन गरेमा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले स्थानीय तहहरूलाई समेत यस सूचनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !