कृष्णनगर५  चैत । भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको १५ लाख रुपैयाँ बराबरको अवैध चुरोट सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले कृष्णनगरमा बरामद गरेको छ।

अस्ति साँझ कृष्णनगर नगरपालिका–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले लु. २ ख ६५४१ नम्बरको डिलक्स बस को डिक्कीबाट ठूलो परिमाणमा चुरोट बरामद गरेको हो।

चुरोट तस्करीमा संलग्नता शंकास्पद

सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगर को नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट, र एल एण्ड बी एक हजार प्याकेट गरी ठूलो मात्रामा चुरोट बरामद गरेको जनाएको छ।

पश्चिमाञ्चल क्षेत्रका लामो दूरीका गाडीमा नियमित रूपमा सामान तस्करी हुने गरेको सुराकीका आधारमा चेकजाँच गरिएको थियो। प्रहरीका अनुसार कपडा, चिनी, गाडीका पार्टस लगायतका सामानहरू पनि ड्राइभर र सहचालकको मिलेमतोमा तस्करी हुने गरेको छ।

तस्करीको मूल नाका : बढनी बजार

कृष्णनगरबाट भारतको बढनी बजार हुँदै अवैध सामान नेपाल भित्र्याइने र त्यहाँबाट काठमाडौं लगायतका मुख्य सहरमा पुर्याइने गरेको प्रहरीको दाबी छ। बरामद चुरोटबारे बसका चालक र सहचालकले आफूहरू अनभिज्ञ रहेको बताएका छन्।

अवैध चुरोट भन्सार कार्यालयमा बुझाइयो

बरामद गरिएको चुरोट आवश्यक कानूनी प्रक्रिया पूरा गर्न कृष्णनगर भन्सार कार्यालय मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी रोकथामका लागि निगरानी बढाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !