
काठमाडौं, ३० बैशाख । अष्ट्रेलियाको रिडिङ सिनेमा अबर्न एनएसडब्ल्यू मा चलचित्र काँडेतार पुनः प्रदर्शन गरिएको छ । डि. वोईज ईन्टरटेनमेन्टले आयोजना गरेका विशेष प्रदर्शनमा चलचित्र ‘काँडेतार’ प्रति दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले चलचित्रलाई दर्शकबाट साह्रै उत्कृष्ट प्रतिक्रिया पाएको निर्माता तथा निर्देशक नवल खड्काले जनाए । उनले भने अष्ट्रेलियामा पुनः शोहरू थपिदैँ छन् । अब थप एडिलेट लगायत अन्य स्थानमा काँडेतारको शो हुने छ ।
आयोजक जी.एम. ठकुरी, निर्देशन, निर्माता मनोज अधिकारी, केशव घिमिरे, अन्जु केसी, बिनोद खड्का, बिष्णु रेग्मी, बिन्दु पौडेल, बुद्धिलाल मगर, योगेन खड्का, सुनिल बिष्ट, खेम मिश्र, सुजन केसी, सरोज पुरी, रमेश पाण्डे, हिउपति गुरूङ्ग, प्रकाश क्षेत्री, जीवन रायमाझी, डम्बर काफ्ले, तुलाराम बिश्वकर्मा, बिमल कार्की लगायत अष्ट्रेलिया, सिड्नि तथा मेलवर्न निवासी नेपाली प्रति देशभक्तिपूर्ण चलचित्र हेर्न आउनु भएका र प्रत्यक्ष, अपत्यक्ष रूपमा सहयोग गर्नुु हुने प्रति निर्माता तथा निर्देशक खड्काले आभार व्यक्त गरे ।
काँडेतारमा गायिका सत्यकला राई कार्यकारी निर्माता, अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का निर्माता रहेको छन् ।
नवल खड्का, सुरविना कार्की, रेविका गुरूङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा आदिको अभिनय रहेको छ ।
खड्काका अनुसार काँडेतार क्यानडा, अमेरिका लगायत अन्य देशमा समेत प्रदर्शन गरिनेछ ।