जनकपुरधाम, २८ फागुन ।

राजविराजमा दुई युवकमाथि छुरा प्रहार भएको छ । डाक्नेश्वरी नगरपालिका–७, ब्रहम्पुरका २६ वर्षीय सुनिल यादव र २२ वर्षीय सुभाष यादवमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट दुवैजना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ राजविराज नगरपालिका–७, सिरहा रोडमा उनीहरूमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुराप्रहारबाट घाइते दुबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार केही युवाहरूबीच वादविवाद भएपछि दुबैजनामाथि साथीहरुबाटै छुरा प्रहार भएको हो । घटनामा संलग्न एकजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !