काठमाडौँ, ६ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले स्कटल्यान्डलाई पराजित गरेको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेको हो ।

मोरक्कोको जितमा इस्माइल साइबारीले दोस्रो मिनेटमै निर्णायक गोल गरे । ब्राहिम डियाजको पासमा साइबारीले गरेको गोल नै खेलको एक मात्र गोल बन्यो । मोरक्कोले दुई खेलबाट चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

स्कटल्यान्ड तीन अंकसहित दोस्रो स्थानमा छ । ब्राजिल एक अंकसहित तेस्रो तथा हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !