काठमाडौं, १६ चैत। काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।

महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेनको सचिवालयले जनाएको छ ।

‘अन्य राजनीतिक दल वा समूहले गरेको जस्तो फोहोरको मात्रै जरिबाना गरेर हुँदैन, हिजो तोडफोड भएको छ । हाम्रै दमकल फुटाइएको छ,’ नगर प्रहरी बलका एक अधिकारीले भने, ‘ट्राफिक लाइट भत्काउने काम भएको छ । शहर कुरुप भएको छ । सोही अनुसार अध्ययन गरेर जरिवाना आजै गर्दैछौं ।’

उनका अनुसार करिब १० लाख भन्दा धेरै जरिवाना गराउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !