सर्लाही १७ चैत । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. ३(ख) अन्तर्गत बरहथवा नगरपालिका वडा नं. १६ स्थित गंगापुर सखुवाटी टोलमा प्रदेशिक स्तरको आयुर्वेद योग पंचकर्म चिकित्सालय तथा अनुसन्धान केन्द्रको शिलान्यास गरिएको छ।

उक्त महत्वाकांक्षी योजनाको शिलान्यास मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा सर्लाही क्षेत्र नं. ३(ख) का प्रदेशसभा सदस्य माननीय सञ्जय कुमार यादवले गर्नु भएको हो।

२० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यस योजनाको टेन्डर प्रक्रिया सम्पन्न भइसकेको र चाँडै निर्माण कार्य सुरु गरिने जानकारी प्राप्त भएको छ।

पूर्व मन्त्री यादवले कार्यक्रममा बोल्दै गंगापुर सखुवाटी क्षेत्रको समग्र स्वास्थ्य, पर्यटन र अनुसन्धान क्षमतामा यो परियोजनाले ऐतिहासिक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयहरूले पनि यस योजनालाई ऐतिहासिक अवसरका रूपमा लिँदै प्रदेश सरकारले गरेको लगानीप्रति आभार व्यक्त गरेका छन्।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !