जनकपुरधाम, ४ बैशाख । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने संकत देखिएको छ । चैतको दोस्रो साता सकिएको परीक्षाको नतिजा शिक्षक आन्दोलनका कारण अन्यौलमा पर्ने देखिएको हो ।

शिक्षकहरुमा आन्दोलनमा रहेका कारण बालिबिकास शिक्षा, कक्षा १ देखि ९, एसईई परीक्षाको नतिजा समयमै सार्वजनिक हुने स्थिति देखिएको छैन । त्यस्तै कक्षा ११ र १२ का वार्षिक परीक्षामा समस्या उत्पन्न हुने देखिएको छ ।

शिक्षकहरुको काठमाडौंमा जारी सडक आन्दोलन र जायज मागप्रति जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति निकालेर आन्दोलनमा समर्थन जनाएको छ ।

शिक्षकहरुको आन्दोलनमा नेकपा माओवादीका उपमहासचिव तथा मधेस इन्चार्ज मातृका प्रसाद यादवले पनि समर्थन जनाएको छ । उनले पनि एक विज्ञप्ति निकालेर शिक्षकहरुको आन्दोलनमा समर्थन जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले पनि शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गरी शिक्षकहरुलाई काममा फर्किने उचित व्यवस्था मिलाई दिन राज्यसँग माग अघि सारेको छ ।

अहिले विद्यालय परीक्षा र एसईई परीक्षाको नतिजा सार्वजनिक भइसक्नु पर्ने हो । तर आन्दोलनले गर्दा नतिजा स्थगित गरिएको हो ।

करिब दुई हप्तादेखि शिक्षकहरुको माग सम्बोधन नभएसम्मका लागि घोषणा गरिएको अनिश्चितकालीन आन्दोलन चलिरहँदा पनि सरकार र सम्बन्धित निकाय मौन रहेको छ ।

सरकार र सम्बन्धित निकायको मौनताका कारण शिक्षकहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !