
जनकपुर, २६ वैशाख । जनता समाजवादी पार्टी,नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशन विधिवत रुपमा सम्पन्न गर्नका जसपा,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको संयोजकत्वमा ५ सदस्य अध्यक्ष मंडल गठन गरिएको छ ।
जसपा,नेपालका राष्ट्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको विशेष उपस्थितिमा गठन गरिएको ५ सदस्य निर्वाचन अध्यक्ष मंडलको सदस्यहरुमा केन्द्रीय सदस्यहरु महाजन यादव, प्रेम चन्द्र झा,चन्देश्वर सदा र सिता यादव रहेका छन ।
जसपा,नेपालका निर्वतमान जिल्ला अध्यक्ष पशुपति यादवले बन्द सत्रमा राजनीति प्रतिवेदन, निवर्तमान सचिव बरुण यादवले संगाठनिक प्रतिवेदन र निर्वतमान कोषाध्यक्ष सुजिता यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।
बन्द सत्रमा प्रस्तुत तिनवटै प्रतिवेदन सर्व सहमतिबाट पारित भए पछि अध्यक्ष मंडलका संयोजक प्रदेश सांसद रामअशिष यादवले निर्वाचन प्रक्रिया अघि बढाउन जिल्ला निर्वाचन समितिलाई सल्लाह दिएका छन ।
जिल्ला निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मनोयन पत्र दर्ता सहित का निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन प्रक्रियामा सहभागी हुन जिल्लाको १८ वटा पालिका भातृ संघ संगठनबाट ३ सय ४० जना प्रतिनिधि सहभागी रहेकोे निर्वाचन समितिले जानकारी दिएका छन ।