काठमाडौं , ६ असोज   ।  गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् ।

आज (सोमबार)थप चार मन्त्रीले शपथग्रहण गरेका छन् ।

 

यसैबीच प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

 

गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ ।

मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।

कसलाई कुन मन्त्रालय ?

सुशीला कार्की

–प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

रामेश्वर खनाल :

–अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कुलमान घिसिङ :

–ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय , शहरी विकास मन्त्रालय ,ओमप्रकाश अर्याल, गृह मन्त्रालय ,अनिलकुमार सिन्हा , उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

महावीर पुन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

जगदीश खरेल

–सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय

मदन परियार

–कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !