काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता प्रक्रियाबारे अन्तिम निर्णय लिनका लागि बिघटित केन्द्रीय समिति बैठक बोलाएको छ।
शनिबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले कात्तिक १७ गतेका लागि केन्द्रीयसमिति बैठक आह्वान गर्ने निर्णय गरेको हो। माओवादी नेता हरिबोल गजुरेलका अनुसार बैठक स्थल तोक्ने काम भइरहेको छ।
गजुरेलले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच कात्तिक १८ गते पार्टी एकता औपचारिक रूपमा घोषणा हुने जानकारी दिएका छन्।
उनका शब्दमा, “एकता हुने निश्चित भइसकेको छ। त्यसअघि १७ गते हाम्रो केन्द्रीय समिति बैठक बस्नेछ, १८ गते एकताको घोषणा हुनेछ।”
माओवादी र एकीकृत समाजवादीबीच पछिल्लो समय शीर्षस्तरीय संवाद तीव्र भएको छ। दुबै दलबीच संगठनात्मक संरचना र नेतृत्व टुंगो लगाउने अन्तिम तयारी भइरहेको बताइएको छ।





