काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहित को बैठक आह्वान गरेकी छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार संघीय शासन प्रणालीको वर्तमान अवस्थाबारे छलफल गर्दै संघ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले बैठक बोलाइएको हो।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुनेछन्।
बैठकमा हालको राजनीतिक स्थिति, बजेट कार्यान्वयन, विकास योजनाको समन्वय तथा संघीय सन्तुलनका विषयमा पनि छलफल हुने बताइएको छ।





