काठमाडौँ, ३ साउन । प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्।

संघीय अनुसन्धान ब्युरो (एफबीआई) र रोयल थाइ पुलिसको आयोजनामा सञ्चालन हुने अन्तरदेशीय सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन कार्की आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन बैंककमा साउन ४ र ५ गते हुनेछ । महानिरीक्षक कार्कीसँगै उनको सचिवालयका एसपी धर्मराज भण्डारीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

महानिरीक्षक कार्कीलाई बिदाइ गर्न सबै प्रहरी अतिरिक्त महानिरीक्षकहरू विमानस्थल पुगेका थिए ।

सम्मेलनमा सङ्गठित अपराधसम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवम् समन्वयलगायतका एजेण्डामा छलफल हुने कार्यक्रम छ।

प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !