काठमाडौँ, ३ साउन । नेपाल सरकारले एक हजार २५० मेट्रिकटन डीएपी रासायनिक मल भित्र्याउन लागेको छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जानकारी दिन लागेको हो । ‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो।
जसमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो । बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको छ।
प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ । मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।





