
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् । रातोपाटीसँगको भेटका क्रममा उनले हालसम्म १० अर्बभन्दा बढीको टेन्डर भइसकेको जानकारी दिए । प्रदेशसभाले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्ने गरी प्रदेश सङ्कल्प प्रस्ताव पारित गरेकोले पनि आगामी कामहरू प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । प्रदेशसभाको गत आइतबारको बैठकले उपभोक्ता समितिबाट काम गर्न बजेट संशोधनसम्बन्धी सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।प्रदेशसभाले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्ने गरी प्रदेश सङ्कल्प प्रस्ताव पारित गरेकोले पनि आगामी कामहरू प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । प्रदेशसभाको गत आइतबारको बैठकले उपभोक्ता समितिबाट काम गर्न बजेट संशोधनसम्बन्धी सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।प्रस्तावमा ५० लाख रुपैयाँभन्दा माथिका काम अनिवार्य ठेक्का प्रक्रियाबाट गर्ने र अन्यको हकमा नेपालको सार्वजनिक खरिद ऐनअनुसार गर्ने भनिएको छ । प्रदेश सरकारले एकैखालका विकास योजनालाई एकीकृत गरेर विनियोजन गरेको काम र रकमसमेत बाँडफाँट गरिने उल्लेख छ । प्रस्तावमा ५० लाख रुपैयाँभन्दा माथिका काम अनिवार्य ठेक्का प्रक्रियाबाट गर्ने र अन्यको हकमा नेपालको सार्वजनिक खरिद ऐनअनुसार गर्ने भनिएको छ । प्रदेश सरकारले एकैखालका विकास योजनालाई एकीकृत गरेर विनियोजन गरेको काम र रकमसमेत बाँडफाँट गरिने उल्लेख छ । मधेस सरकारले चालु आवमा हालसम्म ४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बजेट खर्चमा प्रदेश सरकार उदासीन बनेको आरोपपछि पछिल्लो समय टेन्डर प्रक्रियालाई तीव्रता दिइएको हो । मधेस सरकारले चालु आवमा हालसम्म ४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बजेट खर्चमा प्रदेश सरकार उदासीन बनेको आरोपपछि पछिल्लो समय टेन्डर प्रक्रियालाई तीव्रता दिइएको हो ।