बाला, ७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कटीपर्सा निवासी मुकेश मण्डलकी करिब २ वर्षीया छोरी बिन्दी मण्डल सम्पर्कविहीन भएकी छन् ।

परिवारका अनुसार बालिका हिजो साँझ करिब ५ बजेदेखि सम्पर्कविहीन भएकी हुन् । बालिका हराएपछि प्रहरी, परिवारजन तथा स्थानीयवासीले खोजी कार्य जारी राखेका छन् । प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग खोजी कार्य तीव्र पारेको छ ।

बालिका बिन्दी मण्डललाई कसैले फेला पार्नुभएको भए नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहुन वा परिवारले उपलब्ध गराएको सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !