
१३ माघ, काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।१३ माघ, काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुर्व्यवहादुर गरेको भनी सेतोपाटी अनलाइनले डेढ वर्षअघि समाचार प्रकाशित गरेको थियो । त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो ।मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुर्व्यवहादुर गरेको भनी सेतोपाटी अनलाइनले डेढ वर्षअघि समाचार प्रकाशित गरेको थियो । त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो ।