
जनकपुरधाम, ३ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसीहरुले राजनीति गर्न नजानेको बताएका छन् । विद्यार्थी जनमत संघले शनिबार जनकपुरधाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचन सम्बन्धी विद्यार्थी जनमत संघका नेताहरुलाई प्रशिक्षण दिने क्रममा डा. राउतले भने, ‘राजनीतिमा कुनै पनि प्रकारको एक्सक्युज हुनु हुँदैन ।’
राजनीतिमा आफूहरु नयाँ भएको बताउँदै अध्यक्ष राउतले भने, ‘यो भएन, त्यो भएन भनेर सधैं पछाडि पर्नूभन्दा जुनसुकै हालतमा पनि जित्ने गरी स्ववियु निर्वाचनमा भिडौं ।’ हामीसँग पैसा र अभ्यासको कमी छ । यद्यपि, एक मतले जितेपनि जित जित हो । त्यसैले जित्ने गरी निर्वाचनमा जानुपर्ने उनको कथन छ ।
राजनीतिबाट कोहिपनि बञ्चित छैन, भान्सा घर देखिनै सबैको हातमा मोबाइल र मोबाइलका एप्सहरु पनि राजनीतिबाटै प्रभावित हुने÷गर्ने भएकाले अब हरेक मधेशका युवा विद्यार्थी वास्तिवक राजनीतिक चाल बुभ्mन जरुरी छ । जो चलाख थिए र छ अझै शासनमा छ, हामी भएनौं र त शासित छौं, उनले थपे । विद्यार्थीहरुले देश र मधेशको हरेक गतिविधी विभिन्न माध्यमहरुबाट बुझन पर्ने र अपडेट रहनु पर्ने उनको धारणा थियो ।
प्रशिक्षण कार्यक्रममा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह, नेता महेश यादव, चन्दन सिंह, संजय यादव, पोषण यादव, सुरेन्द्र मण्डल सहित विद्यार्थी नेताहरुको उपस्थिती थियो ।