जनकपुरधाम, २० फागुन । जनकपुरधामका मोनाष्टिक स्कूलले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको छ ।

मंगलबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी उनीहरुको नयाँ अध्यायका लागि विदाई गरिएको हो ।

आउँदो चैत ७ गतेदेखि सुरु हुने एसइइ परीक्षामा सहभागीका लागि विद्यार्थीहरुलाई सम्मानसहित विदाई गरिएको विद्यालयका प्रधानाध्यापक सोनु साहले बताए ।

प्रअ साहका अनुसार “अर्को सुरु गर्न एउटा अध्याय बन्द गर्दै” नाम दिइएको कार्यक्रम भावना, कृतज्ञता र शुभकामनाले भरिएको थियो । प्रेरणादायी भाषणदेखि रमाइलो प्रदर्शन, सम्झना, मित्रता र आकांक्षाहरुको एक सुन्दर उत्सव पनि थियो ।

नयाँ यात्राका लागि तपाईंहरुलाई हार्दिक बधाई छ । तपाईं नयाँ अवसरतिर अगाडि बढ्दै हुनुहुन्छ । प्रअ साहले भने, ‘जीवनको अर्को अध्यायमा तपार्इंलाई सफलता र खुशीको शुभकामना छ ।’ उनले आउँदो एसइइ परीक्षाको सबै विद्यार्थीहरुमा सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !