धनुषा, १२ चैत । जनता समाजवादी पार्टी नेपालले धनुषाधाममा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

नगर अध्यक्ष विनोद यादवको अध्यक्षता तथा प्रदेश समिति सदस्य अम्बिका विश्वकर्माको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

मंगलबार धनुषाधाम नगरपालिकाको वडा नं. १ एमाले नेता रामपृत सादाको नेतृत्वमा ३० जना जसपा नेपालमा प्रवेश गरेका छन् ।

त्यस्तै, वडा नं. २ मा जसपा नेपालका युवा नेता जितन राय अमात्यको पहलमा १२ जनाले पार्टीमा प्रवेश गरेका छन् ।

धनुषाधाममा आयोजित कार्यक्रमबाट रामपृत सादा, सखीलाल सादा, जगदीश सादा, गरबा सादा, मन्जु सादा, रामतोला सादा, सीता सादा, अनिता माझी, सुलैचनी सादा, कुशमी सादा, आसो सादा, सोमबत्ती सादा, अनिता सादा, रेश्मा सादा, सुकमरिया सादा, एकलास सादा, रामपरी सादा, कुमैर सादा, सिया सादा, कारीचन सादा, तारा सादा, संजय मंडल, रामबली कापरले पार्टी प्रवेश गरेका छन् ।

त्यस्तै, सोही कार्यक्रममा सिया दुलारी सादा, जिबछी महरा, अनिता राय, मनदेवी राय, शिवकुमारी राय, जानोकुमारी राय, मंजु देवी राय, मनटुट देवी राय, मनटुट देवी महरा, ललीता महरा, अरुला कापर, अकलिमा खातुन, मरनी देवी सादा, सानो सादा, रिता सादा, दुखो सादा, तारा उराव, भुल्ली सादा र एकलास सिंहले पनि पार्टी प्रवेश गरेका छन् ।

दुबै वडाका नवप्रवेशीहरु एमाले र माओवादी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेको जिल्ला कार्यकारिणी समिति सदस्य बेचन महतोले बताए ।

उनीहरुलाई पार्टीका नगर अध्यक्ष विनोद यादव र प्रदेश समिति सदस्य अम्बिका विश्वकर्माले अविर र माला लगाई पार्टीमा प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा जिल्ला सदस्य उमेश यादव, अनिता मुखिया, नगर उपाध्यक्ष चन्द्रनारायण यादव, सचिव राम सेवक साह, वडा नं. ७ का निर्वाचित वडाअध्यक्ष हेमनारायण यादव, समाजवादी दलित संघका मधेस प्रदेश सदस्य शिबा महरा, समाजवादी युवा संघका नगरअध्यक्ष अजय कुमार यादव (मोहन), पार्टीका वडाकमिटीका अध्यक्षहरु देवनारायण यादव, जमोद साह, दुखी रवाजे मन्सुर, पवन यादव लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !