जनकपुरधाम, १९ चैत । जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी महिला संघको अधिवेशन सम्पन्न भएको छ ।

संघको धनुषा जिल्ला अध्यक्ष प्रमिला सिंहको अध्यक्षता तथा जसपा नेपालका केन्द्रीय कोषाध्यक्ष सुरीता साहको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

मंगलबार जनकपुरधाममा आयोजित अधिवेशनले रेखा साहलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।

सो अधिवेशनमा प्रदेश सांसदद्वय संजिला यादव र ममता मण्डल, जसपाका केन्द्रीय सदस्यद्वय चमेली देवी दास र कृष्णमाया तामाङ, धनुषा जिल्ला कोषाध्यक्ष सुजिता यादव, पार्टी नेतृ रीता यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !