सिरहा, २९ चैत  । मिर्चैया नेको इन्स्योरेन्स लिमिटेड चैत २९ गते बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । कम्पनीले मिर्चैया नगरपालिकाको अस्पतालको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

मिर्चैया नगर पालिका प्रमुख श्रर्वन यादवको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा नेको इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख सुरज भटराई र बिशिस्ट अथिती बिजय मण्डल नेको इन्स्योरेन्सको कर्मचारीहरु, र उधोग बाणिज्य संघ मिर्चैयाको प्रधिकारीहरु र विभिन्न वाडको अध्यक्षहरु र निजि बिधालयको प्रधान्ध्यापक ज्युको विभिन्न निकायको सरोकारवालाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेको इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुरज भटराई रेनिर्जीवन बीमाकोे राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व, सो को प्रकार एवं दावी फछ्र्यौटसम्बन्धी प्रकृयाको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कृषि तथा पशुपन्छी बीमाको प्रकृयालगायत सो को सर्वाङ्गिण महत्वको बारेमा नेको इन्स्योरेन्स कं. लि. मधेस प्रधेस उप- प्रमुख जनकपुर कार्यालयको प्रमुख बिजय मण्डलले प्रकाश पारेका थिए । भविष्यमा कृषि तथा पशुपन्छी बीमासम्बन्धी कार्य अझ पारदर्शी र छिटोछरितो ढंगबाट सम्पन्न गर्न सम्भव हुनेछ भनी जानकारी दिएका थिए ।

पचास जना सहभागीहरु रहेको सो कार्यक्रममा बाली बीमा, तरकारी बीमा, पशुधन बमिालेख एवं अन्य निर्जीवन बीमा व्यवसायसम्बन्धी प्राप्त जिज्ञासाहरु सम्बन्धमा बृहद छलफल गरिएको थियो । सहभागीहरुले उक्त कार्यक्रमबाट बीमा सम्बन्धी जानकारी प्राप्त गरी लाभान्वित भएको बताएका थिए । सो कार्यक्रमको संचालन श्याम कुमार ठाकुरले गरेका गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !