जनकपुरधाम  १३  बैशाख  ।  काव्य हस्पिटलले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नि:शुल्क थाइराइड जाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा जम्मा ६९७ जनाले थाइराइड परीक्षण गराएका छन्।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय समुदायका नागरिकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

यसै क्रममा, हिजो सम्पन्न रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन्। आयोजकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसहित स्वास्थ्य सेवामा समर्पित बनाउन यस्ता कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।

काव्य हस्पिटलले आगामी दिनमा पनि यस्तै जनस्वास्थ्यका पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !