
धारापानी, ८ जेठ । धनुषाको धारापानीमा सञ्चालित बु्द्ध पाठशालाले बिहीबार विभिन्न पदका लागि निर्वाचन सम्पन्न गरेको छ । विद्यालयमा गरिने प्रयोगात्मक कार्यअन्तर्गत विभिन्न संस्थाहरुमा प्रमुखहरु छान्ने प्रक्रियाबारे जानकारी गराउँदै निर्वाचन सम्पन्न गरेको हो ।
शिक्षा क्षेत्रमा अलग्गै पहिचान बनाएका यो विद्यालय गुणस्तरीय र प्रयोगात्मक तथा व्यवहारिक शिक्षामा जोड दिँदै विद्यार्थीहरु किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान आर्जन गर्ने उद्देश्यले निर्वाचन गरिएको बताइएको छ ।
विद्यालयका प्रधानाध्यपक रामपुकार यादवले आफुले गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्दो प्रयास गरिरहेको र सोहीअनुरुप यहाँका विद्यार्थीहरु सैद्धान्तिक, व्यवहारिक र ज्ञानबर्धक शिक्षा प्राप्त गरोस् भन्ने उद्देश्य लिएको बताए ।
विभिन्न पदका लागि भएका निर्वाचनमा उत्साहजनक सहभागीता रहेको थियो । क्याप्टेन, अनुशासन र खेलकुद तथा विभिन्न हाउस गरी जम्मा १४ पदका लागि भएको निर्वाचनमा ३१ जनाले उम्मेदावरी दिएका थिए ।
क्याप्टेनतर्फ २ जनाका लागि ६ जना, अनुशानतर्फ २ जनाका लागि ४ जना र खेलकुदतर्फ पनि २ जनाका लागि ४ जनाले उम्मेदावरी दिएका थिए ।
क्याप्टेनतर्फ निर्वाचित भएका मनिष यादव र निमा लामासँगै अभिनाश यादव, धिरज यादव, प्रिया यादव र किरती यादव, अनुशासनतर्फ विजयी भएका राजन मुखिया र काजल दाससँगै लक्ष्मी नारायण यादव र सोना कुमारी महतो तथा खेलकुदतर्फ निर्वाचित भएका अविशेख यादव र सुजिता यादवसँगै चन्दन यादव र वर्षा मिजार प्रतिस्पर्धी थिए । उनीहरुबीच रोचक र कडा प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै सबै हाउसमा चाहिने २/२ जनाका लागि रेडमा ४ जना, यल्लोमा ४ जना, ब्लुमा ४ र ग्रिनमा ५ जनाले उम्मेदवारी दिएका थिए ।
हाउसतर्फ रेडमा विजयी भएका सतिश मण्डल र गुराँश लामासँगै जित यादव र निशा यादव प्रतिस्पर्धी थिए । यल्लोमा विजयी भएका कमलेश यादव र आशिका यादवसँगै अमन महतो र साइनो पाख्रिन प्रतिस्पर्धी थिए ।
ब्लुमा विजयी भएका जितेन्द्र मुखिया र आशा यादवसँगै श्रीकृष्ण वर्मशान र कृति यादव प्रतिस्पर्धी थिए । ग्रिनमा विजयी भएका शिव यादव र चाँदनी यादवसँगै राजिव राई, हेमन्त महतो र प्रिती यादव प्रतिस्पर्धी थिए ।
प्रयोगात्मक कार्यका लागि भएको निर्वाचनमा विद्यार्थीको सक्रियता र उत्साह सराहनीय रहेको प्रअ यादवले बताए ।