• जेनजी आन्दोलनको क्रममा आगजनीले २१ मालपोत कार्यालयका अभिलेख नष्ट हुँदा जग्गाधनीले श्रेस्ता कायम गर्न ११ थरी कागजात पेस गर्नुपर्ने भएको छ।
  • भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्यले नागरिकताको प्रमाणपत्र, स्थायी ठेगाना सिफारिस, सक्कल पुर्जा लगायत कागजात आवश्यक भएको बताउनुभयो।
  • डिजिटल अभिलेख नभएका जग्गाधनीले लामो प्रक्रिया अपनाउनुपर्ने र डिजिटल रेकर्ड भएका जग्गाधनीलाई सरल सेवा दिने प्रयास भइरहेको विभागले उल्लेख गरेको छ।

काठमाडौं २३ असोज । जेनजी आन्दोलनको क्रममा आगजनीका कारण कतिपय मालपोत कार्यालयमा अभिलेख मेटिएकाले जग्गाधनीहरुले श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ । त्यसका लागि जग्गाधनी स्वयं उपस्थित भएर ११ थरी कागजात पेस गर्नुपर्ने भएको छ ।

कलंकी, कास्की लगायतका विभिन्न मालपोत कार्यालयहरुले सूचना जारी गर्दै विभिन्न ११ थरी कागजातसहित श्रेस्ता कायमका लागि निवेदन दिन भनेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेनजी युवा आन्दोलनको क्रममा काठमाडौंको कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहित २१ मालपोत कार्यालयमा आगजनी भएको थियो । तीमध्ये कतिपयमा डिजिटल अभिलेख छैन । डिजिटल रेकर्ड नभएकाको हकमा भूमि प्रशासन निर्देशिका २०८१ अनुसार श्रेस्ता कायम गर्न झन्झटिलो र लामो प्रक्रिया अपनाउनुपर्ने विभागका अधिकारीहरु बताउँछन् । भूमि व्यवस्थापन तथा अभिलेख विभाग निर्देशक तथा प्रवक्ता खिमानन्द आचार्यका अनुसार श्रेस्ता कायम गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गा धनीसँग भएको सक्कल पुर्जा लगायतका कागजात चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !