जनकपुरधाम, ३० असाेज । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश अधिवेशनकाे प्रक्रिया अगाडि बढाइएको छ ।
जनकपुरधामकाे निधि भवनमा जारी प्रथम अधिवेशनमा निर्वाचन प्रक्रियामा अगाडि बढाइएको हाे ।
आजै दिउँसो १ बजेदेखि मतदान हुने कार्यक्रम निर्वाचन कार्यलयले सार्वजनिक गरेकाे छ।
प्रदेश अध्यक्षमा बालकिशाेर प्रसाद यादव र मुख्यसचिवमा पूर्वमन्त्री ज्ञानेन्द्र कुमार यादवकाे प्रबल सम्भावना रहेकाे छ।
यता, पूर्वमन्त्री याेगेन्द्र राय यादव सप्तरी, धनुषा, राैतहट र बारा जिल्ला अध्यक्षसहित निर्वाचन बहिस्कार गरेकाे छ। यादव पनि अध्यक्ष पदका उम्मेदवार हुन् । सर्लाही जिल्ला अधिवेशनमा विवाद भएकाे विषयलाई लिएर पूर्वमन्त्री संजय यादवकाे समर्थनमा बहिस्कारमा उत्रेका छन् ।
५१ सदस्यीय प्रदेश समितिका लागि आज हुने निर्वाचनमा ९ पदाधिकारी र ४२ सदस्यहरू निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !