सिरहा, १६ साउन । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको अन्त्येष्टिको तयारी गरिएको छ ।

शनिबार हेलिकोप्टरमार्फत् धरानबाट औरही ल्याइएको गणेशको गागन खोलामा दाहसंस्कार गर्ने तयारी गरिएको हो । गएराति गृहमन्त्री सुधन गरुङसँग ८ बुँदे सहमति भएपछि परिवारजनले शव बुझेका थिए ।

धरानमा पोस्टमार्टम गरिएका उनको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् ल्याएर परिवारलाई हस्तान्तरण गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !