जनकपुरधाम, १५ साउन । विगत केही दिनदेखि जारी हिन्दु–मुस्लिम समुदायबीचको विवादले उग्र रुप लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादव मधेश आइपुगेका छन् ।

विवाद थप उग्र बन्दै गएपछि परिस्थिति जटिल हुन नदिन र शान्तिपूर्ण निकास खोज्न सांसद यादव स्थलगत अनुगमन तथा आवश्यक समन्वयका लागि मधेश आइपुगेका हुन् ।

कोशी प्रदेशको सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव र विवाद पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा फैलिँदै गएको छ ।

सांसद यादवले कोशी र मधेश प्रदेशका प्रभावित जिल्लाहरूको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

अनुगमनका क्रममा उनले स्थिति नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम राख्न मधेश प्रदेश सरकारका प्रतिनिधि, मधेश प्रदेश प्रहरी प्रमुख, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गर्ने जनाइएको छ ।

तनावग्रस्त क्षेत्रमा शान्ति–सुरक्षाको अवस्था, उत्पन्न समस्याको प्रकृति र सम्भावित समाधानका उपायबारे केन्द्रित रहेर छलफल गरिने भएपनि भेटघाटको विस्तृत र औपचारिक तालिका भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !